सिरोहिया जिल्ला अदालतमा उपस्थित
काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया जिल्ला अदालत धनुषामा उपस्थित भएको खबर आएको छ ।
हिजो मङ्गलबार काठमडौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई प्रहरीले केहीबेर अघि जिल्ला अदालत धनुषामा पेश गरेको हो । आवश्यक सम्पूर्ण कागजात तयार पारी अदालत लगिएको प्रहरीको भनाइ छ । अदालतले उनीमाथि थप अनुसन्धानका लागि म्याद थप गर्ने वा थुनामुक्त गरी तारिखमा राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे आदेश गर्नेछ । मङ्गलवार जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो ।
सिरोहियाले नागरिकता किर्ते गरेको आरोप लागेको छ ।