प्रभु बैंक र फार्म हाउस होटलबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र मनाङमा अवस्थित फार्म हाउस होटलबीच सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई लक्षित गरी उपलब्ध सेवाहरुमा छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । एक समारोहकाबीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारीमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड,क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवाहरुमा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । एग्रो मनाङद्वारा संचालीत फार्म हाउस होटल विगत पाँच बर्षदेखी सञ्चालनमा आएको मनाङ जिल्लाकै सुविधा सम्पन्न होटलको रुपमा परिचित पाइन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *