सहकारी ठगका मतियार वाग्लेलाई बिपीको नाम लिने अधिकार छैनः कांग्रेस सांसद रमा कोइराला

काठमाण्डौं । नेपाली कांग्रेस सांसद रमा कोइराला पौड्यालले सहकारी ठगका मतियारलाई बिपीको नाम लिने अधिकार नभएको बताएकी छन्। आइतबार प्रतिनिधि सभा बैठकमा रास्वपाका उपासभापति तथा सांसद स्वर्णिम वाग्लेले राखेका भनाइप्रति लक्षित गर्दै उनले यस्तो बताएकी हुन्। बिपी त विश्वका नेता हुन्। उहाँले नाम लिन पाउनुहुन्छ। तर सहरकारी ठगी गर्नेहरूको मतियार भएका व्यक्तिहरूले बिपीको नाम लिने अधिकार छैन है। म एकदम यही भन्छु, संसदबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, जनतालाई ठगेर धनी हुनुपर्छ, जनतालाई ब्ल्याकमेलिङ गर्ने खालको मिडियाहरू खोल्नुपर्छ, अनि ब्ल्याकमेलिङ गरिसकेपछि कति मान्छेहरूले आत्महत्या गरेका छन्। तपाईंहरू पत्रकारहरूले पनि त्यो कुराहरू लेख्न सक्नु हुने रहेनछ नि, लेख्नुहुन्न नि। त्यो कुरालाई त हेर्नुपर्ने हो। त्यसैले आज जे दृश्य देखियो (प्रतिनिधि सभा बैठकमा), त्यो चाहिँ मनपरेन । उनले जहिलेसम्म संसदीय छानबिन समिति बन्दैन, तबसम्म आन्दोलन गरिरहने र आफूहरू नथाक्ने पनि बताइन्। किनभने कांग्रेस राणाहरूसँग नथाकेको, पञ्चहरूसँग नथाकेको, कांग्रेस कम्युनिस्टहरूसँग थाक्दैन। त्यो कुरा बुझेर राख्नुहोला। हामी थाक्दैनौं, उनले भनिन्। सांसद कोइरालाले आफू श्रमिकको आवाज उठाउने एक मात्र सांसद भएको भन्दै सहकारीमा गिटी कुट्ने, साग, मकै बेच्ने, सानासाना व्यवसाय गर्ने गरिबहरूको पैसा भएको बताइन्। त्यो अर्बौं पैसा घपलक्क पारेर आफ्नो बिजनेस गर्ने मिडियामा लान मिल्छ? अनि त्यसको छानबिन नभए के हुन्छ, सांसद कोइरालाले भनिन्।

आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिएका रास्वपा सांसद वाग्लेले रोस्टममा पुगेपछि बिपी कोइरालाले स्थापित गरेको मानकलाई लज्जास्पद र औचित्यहीन अवस्थामा पुर्‍याइएको भन्दै खेद प्रकट गरेका थिए। वाग्लेले बिपीको नाम लिएर कांग्रेसले गरिरहेको नाराबाजी र वेल घेराउप्रति लक्षित गर्दै लज्जास्पद र औचित्यहीन भनेका थिए। बोल्ने क्रममा वाग्लेले चार पटकसम्म लज्जास्पद भन्ने शब्द प्रयोग गरेका थिए। वाग्लेले बिपीको नाम लिएको भन्दै वेल घेराउ गरिरहेका कांग्रेस सांसदहरूले हो(हल्ला गरेका थिए। ुयो असहज वातावरणमा यसरी गरिमामय संसदमा उपस्थित भएर बोल्न पर्लाजस्तो मलाई लागेको थिएन,ु सांसद वाग्लेले भनेका थिए, ६५ वर्षअगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, हामी सबैका प्रेरणा, मेरा त राजनीतिक आदर्श बिपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्‍याउनलाई, यो लज्जास्पद र औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ। साथै वाग्लेले ७४ लाख सहकारी बचतकर्ताहरूको समस्या समाधान गरिनुपर्ने बताएका थिए। वाग्लेले यसो भनिरहँदा सभामुख देवराज घिमिरेले ुमाननीय सदस्य विषयमा केन्द्रित भएर आफ्नो अभिव्यक्ति दिनुस्ु भनेका थिए। सांसद वाग्लेले सहकारीबारे समाधान उन्मुख हुने हो कि व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउने भन्ने नै मूल मुद्दा रहेको बताएका थिए। सहकारीमा संसदीय छानबिन समिति बनाउने र त्यसको कार्यादेशबारे कुरा भइरहेको उनको भनाइ थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *