नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दै
काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार राति सवा ९ बजे अमेरिकाको डलासमा हुँदैछ । यसअघि नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो । क्यानडासँगको खेलपछि नेपालले ३० मेमा अमेरिकासँग खेल्नेछ । क्यानडा र अमेरिकासँग वार्मअप खेलपछि नेपालको सम्पूर्ण तयारी सकिनेछ । विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा पहिलो खेल खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।