सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार तेस्रो पटक म्याद थपका लागि अदालत लगिँदैछ।

दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद सोमबार सकिने भएकाले धनुषा जिल्ला अदालतमा तेस्रो पटक उपस्थित गराउन लागिएको हो । नागरिकता सम्बन्धी कसुरमा सिरोहिया गत मंगलबार पक्राउ परेका हुन् । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो । स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *