नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना
काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्ने घोषणा गरेको छ । सरकारले आउँदो आर्थिक वर्षको बजेट वक्तव्यमार्फत प्राधिकरणको नियामकीय भूमिका बढाउने गरी पुनर्संरचना गर्ने घोषणा गरेको हो । संघीय संसद्को संयुक्त बैठकमा मंगलबार आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, “नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरी नियामकीय क्षमता सुदृढ गरिनेछ ।