बनेपामा फिल्म स्टुडियो र दोलखामा फिल्म सिटी बनाइने

काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा चलचित्र छायांकन स्टुडियोको निर्माण सुरु गर्ने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने पनि बजेटमा समावेश छ । फिल्म सिटीका लागि मौरिसस र चिनियाँ लगानीकर्ताले चासो देखाइसकेका छन् । यी दुवै कार्यक्रम नयाँ होइनन् । यसअघिका सरकारले पनि बजेटमा समावेश गरिसकेका कार्यक्रम हुन् । केही वर्ष समेट्दै केही वर्षको बजेटमा नपरेका आयोजना हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *