हिमालयन बैंकको शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले मोरङको विराटनगरस्थित शाखा–२ लाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखालाई विराटनगर महानगरपालिका–१२ स्थित आफ्नो अर्को कार्यालयमा गाभेर सेवा दिन थालेको हो । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् उक्त शाखा स्थानान्तरण गरी आइतबारदेखि रोडशेष चोक शाखा विराटनगरका नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न थालिएको बैंकले जनाएको छ ।
हाल हिमालयन बैंकले नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २६४ एटीएम र ६५ सयभन्दा बढी पीओएस टर्मिनल्समार्फत सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *