प्रभु बैंकका ग्राहकलाई हार्नेस जीपलाइन र गेट वे हिमालय रिसोर्टमा छुट
काठमाडौं । प्रभु बैंकका ग्राहकलाई हार्नेस जीपलाइन र गेट वे हिमालय रिसोर्टमा छुट हुने भएको छ । हार्नेस, रिसोर्ट र बैंकबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । एक समारोहका बीच हार्नेस जीपलाइन प्रालि तर्फबाट प्रबन्ध निर्देशक सुनील थापा, गेट वे हिमालय रिसोर्ट प्रालि तर्फबाट सञ्चालन प्रबन्धक नकुल गिरी र बैंकका तर्फबाट गण्डकी प्रदेश अधिकृत राजु रानामगरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिडरक्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जीपलाइन प्रालिमा उपलब्ध विभिन्न प्रकारका जीपलाइन, जाइन्ट स्विङ, कालीगण्डकीमा र्याफ्टिङ लगायतका सेवाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, गेट वे हिमालय रिसोर्ट प्रा।लिमा उपलब्ध आवासमा २० प्रतिशत तथा खाना र मनोरञ्जन लगायतका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । अफ द इयर २०२३ को उपाधिबाट सम्मानित बैंकले नेपालभर ३०२ शाखा कार्यलय, २८५ एटीएमका साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ ।