गृहमन्त्रीले सहकारीको समाचार रोक्न धेरै आग्रह गर्नुभयो: सम्भव सिरोहिया

काठमाडौं । कान्तिपुर मिडियालाई गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको समाचार प्रकाशन तथा प्रसारण नगरिदिन बारम्बार आग्रह गरेको र कान्तिपुरले निरन्तर प्रेस स्वतन्त्रताको अधिकारलाई लिएर निष्पक्ष समाचार प्रकाशन तथा प्रसारण गरिरहँदा कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले बताएका छन् ।

सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै सिरोहियाले यस्तो बताएका हुन् । सम्भव सिरोहियाका अनुसार गृहमन्त्री लामिछानेले आँफू निकट सहकारीका समाचार लुकाइदिन आग्रह गरेका थिए । तर कान्तिपुरले गृहमन्त्रीको कुरालाई नमानी निष्पक्ष रुपमा सहकारीमाथि भएको हिनामिनाका बारेमा समाचार क्रमबद्ध तरिकाले सार्वजनिक संचारगृहबाट नै पक्राउ परेको सरोहियाको दाबि छ ।

प्रबन्ध निर्देशक सिरोहियाले समाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै भनेका छन–

रास्वपाका रवि लामिछाने गृहमन्त्री बनेका छन् । सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उनले धेरै कान्तिपुरलाई समाचार सार्वजनिक नगरिदिन धेरै अनुरोध गरे । गृहमन्त्री लामिछानेले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोचेर कान्तिपुरलाई समाचार लुकाइदिन आग्रह गरेका थिए होला ।, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो गृहमन्त्रीले सोचे तर कान्तिपुरले प्रेस स्वतन्त्रताको अधिकार र सहकारी पीडितको समस्या समाधान गर्न सहयोग पुग्ने भन्दै निरन्तर समाचार प्रसारण ग¥यो । उनले व्यवस्थापनले समाचार नलेख्ने तर सम्पादकीय स्वतन्त्रता भएको बताउँदै राज्य शक्तिको दुरुपयोग गर्दै गृहमन्त्रीले झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गरेको हो ,उनले भनेका छन् ।

सम्भवले बुवा कैलाशले वंशजको नागरिकता पाएको विषयमा थप स्पष्ट पारेका छन् । ९ भाइ छोरामध्ये कैलाश कान्छो रहेको र उनका दाजुहरूले नागरिकता पाउँदा हजुरबुवाले नागरिकता नै नपाएको भन्दै पछि हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले वंशजको आधारमा नागरिकता प्राप्त गरेको उनले बताए ।

बुबामाथि लगाएको झूटो आरोपको सत्य बताउन चाहन्छु सम्भवले भने, ‘कैलाश सिरोहिया नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो । उहाँ जन्मँदा उहाँको बुवा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यालय गएर नागरिकता प्राप्त गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *