गृहमन्त्रीले सहकारीको समाचार रोक्न धेरै आग्रह गर्नुभयो: सम्भव सिरोहिया

काठमाडौं । कान्तिपुर मिडियालाई गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको समाचार प्रकाशन तथा प्रसारण नगरिदिन बारम्बार आग्रह गरेको र कान्तिपुरले निरन्तर प्रेस स्वतन्त्रताको अधिकारलाई लिएर निष्पक्ष समाचार प्रकाशन तथा प्रसारण गरिरहँदा कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले बताएका छन् ।

सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै सिरोहियाले यस्तो बताएका हुन् । सम्भव सिरोहियाका अनुसार गृहमन्त्री लामिछानेले आँफू निकट सहकारीका समाचार लुकाइदिन आग्रह गरेका थिए । तर कान्तिपुरले गृहमन्त्रीको कुरालाई नमानी निष्पक्ष रुपमा सहकारीमाथि भएको हिनामिनाका बारेमा समाचार क्रमबद्ध तरिकाले सार्वजनिक संचारगृहबाट नै पक्राउ परेको सरोहियाको दाबि छ ।

प्रबन्ध निर्देशक सिरोहियाले समाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै भनेका छन–

‘रास्वपाका रवि लामिछाने गृहमन्त्री बनेका छन् । सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उनले धेरै कान्तिपुरलाई समाचार सार्वजनिक नगरिदिन धेरै अनुरोध गरे । गृहमन्त्री लामिछानेले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोचेर कान्तिपुरलाई समाचार लुकाइदिन आग्रह गरेका थिए होला ।, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो गृहमन्त्रीले सोचे तर कान्तिपुरले प्रेस स्वतन्त्रताको अधिकार र सहकारी पीडितको समस्या समाधान गर्न सहयोग पुग्ने भन्दै निरन्तर समाचार प्रसारण ग¥यो । उनले व्यवस्थापनले समाचार नलेख्ने तर सम्पादकीय स्वतन्त्रता भएको बताउँदै राज्य शक्तिको दुरुपयोग गर्दै गृहमन्त्रीले झूटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश शिरोहियालाई पक्राउ गरेको हो ,उनले भनेका छन् ।‘

सम्भवले बुवा कैलाशले वंशजको नागरिकता पाएको विषयमा थप स्पष्ट पारेका छन् । ९ भाइ छोरामध्ये कैलाश कान्छो रहेको र उनका दाजुहरूले नागरिकता पाउँदा हजुरबुवाले नागरिकता नै नपाएको भन्दै पछि हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले वंशजको आधारमा नागरिकता प्राप्त गरेको उनले बताए ।

बुबामाथि लगाएको झूटो आरोपको सत्य बताउन चाहन्छु सम्भवले भने, ‘कैलाश सिरोहिया नेपालमा जन्मिएको, हुर्किएको नेपाली नागरिक हो । उहाँ जन्मँदा उहाँको बुवा नेपाली नागरिक भएको भएर उमेर पुगेपछि हामीजस्तै उहाँले प्रमुख जिल्ला अधिकारीको कार्यालय गएर नागरिकता प्राप्त गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *