नरेन्द्र मोदीको शिरमा ’नितिश कुमार र नाइडु’ तरबार हाबी बन्ने पक्का

काठमाडौँ । प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी) लगायत धेरै दल मिलेर बनेको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले २९२ सिटमा विजय हासिल गरेको छ । देशको तल्लो सदन संसदमा बहुमतका लागि जम्मा २७२ जना आवश्यक हुन्छ । तर लगातार भाजपा र प्रधानमन्त्री मोदीले लगाएको ४०० पारको नारा भने सफल हुन सकेन । हुँदा हुँदा भाजपा एक्लैले २०१४ र २०१९ को लोकसभा निर्वाचनमा ल्याएको जस्तो एकल बहुमत पनि २०२४ को निर्वाचनमा पुर्याउन सकेन र सहयोगी दलको बैशाखी बिना सरकार बनाउनै नसक्ने स्थितिमा पुग्नुलाई सत्तारूढ राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) र भाजपाको पराजय हो र नैतिकताका आधारमा प्रधानमन्त्री मोदीले राजीनामा दिनुपर्ने भनी बिपक्षी गठबन्धन ’ईन्डिया’ का नेताहरुले भन्न थालेका छन ।

भारतीय जनताले एक किसिमले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनलाई (एनडीए) तिरस्कार गरेका हुन भलै उनीहरुको सामान्य बहुमत किन नआओस् भनेर तेश्रो पटक मोदीलाई प्रधानमन्त्री बन्न नदिने कसरत पनि बिपक्षीहरुले शुरु गरेका छन । यदि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनबाट (एनडीए) बिहारका मुख्य मन्त्री नितिश कुमारको जनता दल युनाइटेड (जेडियु) र कर्नाटकका मुख्य मन्त्री चन्द्रबाबु नाइडुले अलिकति मन चंचल मात्र गरे भनेपनी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) धारासायी हुनेछ र मोदीको तेश्रो पटक प्रधानमन्त्री बन्ने योजना तुहिन सक्ने छ । यही कमजोर ठाउमा हिर्काएर राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनलाई (एनडीए) भत्काउने र आफुसंग जोड्न सकियो भने ’ईन्डिया’ गठबंधनले आफुसंग भएको २३४ सिट नितिश र नाइडुको पार्टीको ३१ सीट र ११ सीट अन्य साना पार्टीका सांसद वा ६ जना स्वतन्त्र तथा निर्दलीय सांसदलाई बटुलेर मोदीलाई रोक्ने भित्री रणनीति शुरु भएको छ । नितिश र नाइडुको बिगतको राजनैतिक चरित्र हेर्ने हो भने बिपक्षीहरुले बनाएको मोदीलाई जसरीपनी रोक्ने योजना सफल नहोला भन्न सकिन्न ।

मंगलबार भएको निर्वाचनको मत परिणामले नरेन्द्र मोदीको गठबन्धनले बहुमत हासिल गरेको आधिकारिक नतिजाले देखाएको भने छ । प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी) लगायत धेरै दल मिलेर बनेको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले २९२ सिट जितेको छ । बीजेपी देशको सबैभन्दा ठूलो पार्टी बन्दै २४१ सीट जितेपनी यो संख्या एक्लैमा बहुमत हुन सकेन । अब बीजेपीले गठबन्धन सरकार गठन गर्ने अपेक्षा गरिएको छ र सम्भवतः नरेन्द्र मोदी प्रधानमन्त्रीको रूपमा लगातार तेश्रो कार्यकालका लागि खुट्टा उचालेर बसेका छ्न तर बिपक्षी दलहरूले सजिलै छोडेर मोदीलाई मैदान खाली गर्छ्न भनेर पत्याउन गा¥हो छ । नरेन्द्र मोदीले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले (एनडीए) पाएको सामान्य बहुमतको सफलतालाई “ऐतिहासिक उपलब्धि“ को रूपमा वर्णन गरेपनि त्यो कुरा मान्न कोही तयार छैनन । ७३ वर्षीय मोदी भारत स्वतन्त्रता अगुवा नेता जवाहरलाल नेहरूपछि लगातार तीन कार्यकाल जित्ने र तेश्रो पटक प्रधानमन्त्री बन्न सफल हुन्छ या हुन्न त्यो आगामी हप्ता देखिनेछ । हिन्दू राष्ट्रवादी भाजपा र यसका सहयोगीहरूले कांग्रेस पार्टी, समाजबादी पार्टी सहित अन्य यसका सहयोगी दल त्यसमा पनि मुख्य अभियान्ता नेता राहुल गान्धी सहित अखिलेश यादव को नेतृत्वमा रहेको विपक्षी गठबन्धन ’ईन्डिया’को सामना चर्को रूपमा गर्नुपरिरहेको छ । नरेन्द्र मोदीलाई गठबंधनलाई मिलाएर जान सक्ने व्यक्तिको रूपमा चिन्दैन, त्यसैले गठबन्धन सरकारको तनाव र दबाबलाई कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर हेर्न धेरै रोचक हुनेछ । अझ समन्वयकारी भुमिका निभाउन सकेनन भने सरकार जतिसुकै बेला ढ्ल्न सक्ने स्थित सधै आईरनेछ । लोकसभा निर्वाचन २०२४ को नतिजा यस्तो आउनुमा स्वयं भारतीय जनता पार्टी र नरेन्द्र मोदी नै दोषी छन । अलिकति संयमित हुन सकेको भए मोदीको पार्टीको बहुमत आउने थियो तर भाजपा र मोदीको सत्ताको घमण्ड उम्लिदैन थियो भने भारतीय राजनीतिको आज देखिएको जस्तो अस्थिर स्थित नदेखिन सक्थ्यो ।

अब एउटा कुरा चाहिँ के पक्का भयो भने नरेन्द्र मोदीले जुन सान, बान र रबाफले १० बर्ष सरकार चलाए त्यो स्थित अब रहेन । नरेन्द्र मोदीले सरकार बनाएपनी उनको घाटीमा ’नितिश कुमार र नाइडु’ नामका दुईवटा तरबार सधै झुण्ड्याएर हिंड्नुपर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *