प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ समारोहमा सहभागी हुन भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत गएका छन् । तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आज साँझ शपथ लिदै छन् । मोदीले निर्वाचनको परिणाम पछि प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गर्दै शपथ समारोहमा सहभागिताको लागि निमन्त्रणा गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *