सामसङ टिभी खरिदगर्दा विशेष अफर

काठमाण्डौं । टिभी प्रविधिको क्षेत्रमाविश्वव्यापी रूपमा १८ वर्ष देखि निरन्तर अग्रणी रहेको ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८% सम्मको छुट प्रदान गर्दै छ साथै यस अफरमा चयन गरिएका ठुला टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्ड बार प्राप्त गर्न सक्ने योजना छ र अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५०% सम्म क्यासब्याकको अफर पनि उपलब्ध छ । क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चितगर्दै, सामसङले आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ । यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ, जसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि ०% ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्नेछन । यस विशेष सेवाको लाभ लिन ग्राहकहरुलाई मात्र आफ्नो नागरिकता पेश गरी ईएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ ।

ग्राहकहरूको लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई बचपयकतयचभ। markostore.comमार्फत नयाँ सामसङ टिभीसँग साट्न,एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ । निःशुल्क इन्सटलेसन्सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झट रहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको छ । विस्तृत जानकारीको लागि र यी विशेष अफरहरूको फाइदा लिनको लागि, आज नै नजिकको आधिकारिक सामसङ डिलरमा जानकारी लिन सकिन्छ । यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि र नेपालभर सामसङ टिभीहरूको लागि आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापारद्वारा देशभरका डिलर नेटवर्क मार्फत उपलब्ध गरिएको हो । यो योजना असार ३१, २०८१ सम्म लागु रहने छ । सामसङले परिवर्तनकारी सोचहरु र प्रविधिहरुका साथ भविष्यलाई आकार दिन्छ अनि विश्वलाई प्रेरित गर्दछ । कम्पनीले टिभि, स्मार्टफोन, पहिरनयोग्य डिभाइस, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, सिस्टम एलएसआइ, फाउण्ड्री र एलइडिको संसारलाई पुनःपरिभाषित गर्दैछ । सामसङको सम्बन्धमा नयाँ नयाँ जानकारीहरु तपाईंले http://news.samsung.com/in. सामसङ समाचार कक्षबाट प्राप्त गर्न सक्नु हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *