मुलुकको विकासमा पार्टीका नेता तथा कार्यकर्ता सबै एकजुट हुनुपर्छ : नेता कोइराला

जनकपुरधाम। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कार्यकर्ताका साथै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिए । कोइरालाले पार्टीबाट रुष्ट भएका, निष्क्रिय नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आग्रह गरे ।

‘कसैप्रति भेदभाव नराखी मुलुकको आर्थिक, सामाजिक पक्षको विकास गर्दै लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेका हामी सबै यसमा समर्पित हुनुपर्छ,’ उनले भने । अहिले राजनीतिक अस्थिरताले देशको सम्वृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *