जनतामा सरकारप्रतिको विश्वसनीयता शुन्य बराबर
आर्थिक बर्षको अन्त्यसम्म पनि सरकारले जनताको हितमा कुनै उल्लेखनीय काम गर्न सकेन । सरकारको गठबन्धन फेर्ने , प्रदेश सरकार जोगाउने , अदालतलाई सेटिङ गर्ने र स्थानीय सरकारसँग पौठेजोरी खेल्ने बाहेक अरु कुनै काम गर्न सकेको छैन ।
काठमाडौँ । देश आर्थिक संकटका कारण ठुलो समस्यामा फसेको छ । सहकारी क्षेत्रको पतनपछि पनि कुनै भरपर्दाे विकल्प दिन नसक्दा बैंकहरु चिन्तामा परेका छन् । अब सहकारीको रोग बैंकमा सर्ने हो कि भन्ने चिन्ता देखिन थालेको छ । असुरक्षा, अराजकता र अन्योलका कारण जनतामा सरकारप्रति कुनै भरोशा र विश्वास नै बाकी रहेको छैन ।
जनता सरकार , सत्तारुढ गठबन्धन र पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसप्रति कति रुष्ट छन भने केराको भारी बोकेर हिडिरहेकी एक महिलालाई सडकमा नगरप्रहरीले लछारपछार पारेर केराको भारी नै लुटेर लाँदा समेत नगरप्रमुख बालेन्द्रको वाहीवाही गर्दै पुराना दल र तिनका नेतालाई नै गाली गर्छन् । सामाजिक सञ्जाल प्रयोग गरेर पुराना दलप्रति दुर्भावना फैलाउने र बालेन्द्र रविहरुको गैरकानुनी हरकतलाई समर्थन गर्ने अभियान नै चलिएको छ । अहिले काठमाडौँ नगर प्रमुखले पच्चिसभन्दा बढी युटुवरलाई पालेर राखेका छन् । उनले आफ्नो गैरकानुनी आम्दानीबाट तिनको दैनिक खर्च तलबभत्ता बेहोरिरहेको महानगर सुत्रले जनाएको छ । महानगरभित्रको ठेग्का पट्टाको कमिशन प्रत्येक वडा अध्यक्ष, उपमेयर र मेयरले भाग शान्ति बाँडेर लिने गरेको सुत्रको दावी छ । न्युरोडलाई भत्काएर सानो बनाउने काममा नगर प्रहरी नेपाली प्रहरीसँग भिडन्त नै गर्ने मुडमा पुग्नुलाई सरकार कै नालायकीपन भनेर टिप्पणी हुन थालेको छ । नगरपालिकाले जथाभावि व्यक्तिको सम्पति लुट्दा , कब्जा गर्दा र क्षति पुर्याउँदा जनताको जीउँधनको सुरक्षाको जिम्मा लिएर बसेको नेपाल सरकार त्यसमा पनि गृह प्रशासन किन लाचार र मुकदर्शक भएर बस्यो ? के मुलुकमा सरकार छैन भन्ने कुराको यो उदाहरण होइन र ? गृहमन्त्री राष्ट्रको शान्ति सुरक्षाको काम सम्पादन गर्न छाडेर फेसबुक लाइभमा बस्ने, अनावश्यक स्टन्वाजी गर्ने , सिडियो र प्रहरी अधिकृतहरुको सरुवा गरेर पैसा उठाउने काममा लिप्त छन् । आफुमाथि लागेका दर्जनबढी मुद्धालाई कसरी ह्याडल गर्ने भन्ने धुनमा कहिले प्रहरी प्रमुखलाई बयान दिलाउँछन त कहिले महान्याधिवक्ता लाई चिठी लेखाउँछन । इलामको चुनाव प्रचारमा झण्डै महिनादिन ढुक्कै लागेका गृहमन्त्रीलाई त्यो पदको गरिमा र दायित्वको बारेमा रतीभर पनि ज्ञान नभएको प्रष्टै देखियो । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार निर्माणमा आवश्यक संसद संख्या बाहेक रवि लामीछानेका एकजना पनि त्यस्ता मन्त्री छैनन् जसमा मन्त्री हुने गुण होस् ।
फागुन चैत, बैशाख महिना पुरै देश डडेलो आतंकमा फस्यो । तर नेपालका गृहमन्त्री त्यसबारे बेखबर रहे । डडेलो निभाउने , डडेलो पीडितको उद्धार गर्ने र तिनलाई राहत प्रदान गर्ने कुरामा तिनको कुनै चासो रहेन । यहाँसम्म कि उद्धारमा खटिएका प्रहरीको सम्बन्धमा सहानुभुतिका दुई शब्दसम्म व्यक्त गरेनन् । पुराना दल र तिनका अनुभवी नेतामा देखिएको भ्रष्ट प्रवृति , गैरउत्तरदायी चरित्रबाट वाक्क भएर जनताले ती भन्दा सँयौ गुणा खरावलाई रोज्नु र प्रायोजित रुपमा सामाजिक सञ्जाल प्रयोग गर्नुले देश झन सबै क्षेत्रमा संकटको बाटोमा जाँदै छ भन्ने संकेत हो । सरकारको अर्थ उद्घघाटन, राज्यको साधनश्रोतको दुरुपयोग र आफन्त , नातागोता र पार्टीका कार्यकर्तालाई रोजगारीको व्यवस्था गर्नु मात्र होइन । सरकारसँग जनताका समस्याको बारेमा ज्ञान हुनुपर्छ । त्यसलाई समाधान गर्ने उपाय हुनुपर्छ र मुलुक र जनताको हितमा काम गर्ने योजना हुनुपर्छ । तर यो सरकारसँग त्यस्तो केही पनि छैन ।
आर्थिक संकटमा फसेर आत्महत्या गर्नेको सुची दिनदिनै लबिदैँ छ । विदेशमा काम गर्नुपर्ने बाध्यताबाट नेपालीलाई मुक्त गर्छु भन्ने बर्तमान गृहमन्त्री छिटो पासपोर्ट तयार पारेर बिदेश पठाउन आतुर हुनुले पनि नेताहरुको नियत , बोली र व्यवहारको सामन्जस्य कसरी मिल्छ भन्ने देखिन्छ । अहिले हत्या , अपहरण , बलात्कार जस्ता जघन्य अपराधमा अनपेक्षित बुद्धि भएको छ । शान्ति सुरक्षाको जिम्मा लिएको गृहमन्त्रालय त्यसलाई नियन्त्रण गर्न असफल भएको छ । गृहमन्त्रीले त त्यसलाई आफ्नो काम हो भन्ने समेत ठानेका छैनन । उनी त स्टन्टबाजीले नै सम्पुर्ण राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्ने भ्रम पालेर बसेका छन् । सिंगो सरकार र सत्तारुढ गठबन्धन पनि यो मामिलामा मौन छ । आर्थिक संकटको अवस्थामा शान्ति सुरक्षाको स्थिति चौपट हुनुले झन ठुलो आर्थिक संकट निम्त्याउछ । तर प्रधानमन्त्री पु्ष्पकमल दाहाल आफ्नो कुर्सीभन्दा अरु कुनै कुरा हेर्दैनन् । लामीछानेको अक्षमता, गोवल्स शैलीको झुठो प्रचारवाजी र सामाजिक सञ्जालको दुरुपयोग गरी गरिने स्टन्टबाजीले सिंगो सरकारलाई सति लैजाने कुरामा शंका छैन । यो कुरा माओवादी र एमालेको पार्टी पक्तीले राम्ररी बुझेको भएपनि खड्ग ओली र पु्ष्पकमल दाहालले बुझ्न नसकेका हुन कि ? बुझ पचाएका हुन ?