माछापुच्छ्रे बैंकको संस्थापकतर्फको शेयर बिक्रीमा

काठमाण्डौं । माछापुच्छ्रे बैंकले संस्थापक समूहको १० लाख कित्ता बढी संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आइतबार सूचना मार्फत् संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको उल्लेख गरेको छ ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले साता दिनभित्र आवेदन दिनु पर्नेछ । ।उक्त परिमाणको शेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले काठमाडौंको सुन्धारास्थित जेडीए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको शेयर विभागमा खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाएर आवेदन दिनुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *