राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा पाँचखालमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित तामाघाटमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ।

उक्त शाखाबाट कारोबार शुभारम्भ भएको र यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको जनाइएको छ । हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *