देश आर्थिक संकटको दलदलमा

केही बर्षदेखी चरम आर्थिक संकटबाट गुज्रिरहेको नेपाल अहिले अन्य इन्डिकेटरहरुले पनि संकटको उत्कर्षमा पुगेको देखिएका छन् । सरकारले आर्थिक संकट व्यवस्थापन गरी आशलाग्दो वातावरण निर्माण गर्न योग्य अर्थमन्त्री छानेर जिम्मा लगाउनु पर्नेमा आफ्नो मान्छेलाई जागिर खुवाउनेतिर मात्र ध्यान दिएको छ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई जे गरे पनि सत्ता नै चाहिने भएपछि उनी सरकारको काम छाडेर गठबन्धनमा सामेल दलहरुको चित्र बुझाउनतिर सम्पुर्ण समय खर्च गरिरहेका छन । कहिले जनता समाजवादी पार्टी फुटाउने, कहिले रवि लामीछानेको रास्वपाका अपराध कर्मलाई सुनपानी छर्केर चोख्याउने, गठबन्धनको सबैभन्दा ठुलो घटक एमाले नेता , खड्ग ओलीको आदेश लिन साझँविहान वालकोट पुग्नेदेखि आफ्नौ पार्टीको असन्तुष्टीलाई थामथुम पार्न पनि समय दिनै पर्यो । यी सबै कामले उनले सरकारका काममा ध्यान दिने समय नै पाँउदैनन् । जसले गर्दा देशको शान्ति सुरक्षा, विकास , आर्थिक योजना प्रशासनिक क्षेत्र अस्तव्यस्त बनेको छ ।

अहिले सुदुरपश्चिम प्रदेशमा माओवादी लफडा मिलाउन मै उनको सम्पुर्ण ध्यान केन्द्रित भएको छ । तर पनि उनी त्यसमा कामयाव बन्न सकेका छैनन् । सडकमा जुलुस नभएको, लाठी चार्ज गिरफ्तारी र घाइते नभएको दिनै हुँदैन । संगठित रुपमै दुग्ध व्यवसायी संघले प्रदर्शन गरिरहेका छन । आफ्नो दुधको पाउनुपर्ने रकम माग गर्दै नेपाल दुग्ध विकास संस्थान केन्द्रिय कार्यालयमा धर्ना दिन पुगेका व्यवसायीमाथि दमन र धरपकट गर्यो । केही दिन देखि कवाडी संघले पनि आन्दोलन गरिरहेको छ । अब त संघीय संसद भवनका सुरक्षाकर्मीको भवन परिसरमै शंकास्पद मुत्यु सम्मको स्थिति आएको छ । हिजो विहान दोलखा मेलुङ घर भएका प्रहरी जवान अजित गोलेको डियुटीमै रहेको वेला रहस्यमय मुत्यु भएको हो । उनले आत्महत्या गरेको बताइए पनि आफैले वोकेको इन्सास राइफलले आफैँले टाउकोमा गोली हानेर आत्महत्या गरेका छन् । बजेटको किचलो , बजेट निर्माण देखिएको अव्यवस्था विनियोजन प्रकृयामा भएको मनपरिले गर्दा विपक्षी दलमात्र होइन गठबन्धन भित्रै ७ रेक्टरको भुँइचालो ल्याइदिएको छ । त्यसलाई थामथुम पार्नै र आसन्न संकट टार्ने दिशामा उनी अहिले काम गरिरहेका छन । एमाले र रास्वपाले साथ नछोड्नु भन्ने कुरामा उनले विशेष रुपले ध्यान दिइरहेका छन । कदाचित रास्वपाले दिएको धम्की अनुसार नै सरकार छाड्ने स्थिति आयो भने दाहालले रास्वपालाई नै पनि फुटाउने योजना बुनिरहेका छन । सरकारमा जानु अघि निकै ठुला कुरा गर्ने रास्वपा सरकारमा गएपछि सिन्को सम्म भाँच्न नसक्ने स्थितिमा पुगेपछि रवि लामीछानेले ,नराम्रो नगर्नु नै राम्रो गर्नु हो भन्ने, नयाँ सुत्र निकालेका छन ।

शिक्षा मन्त्रीले शिक्षकले राजीनामा दिएको र स्पष्टीकरण नदिएको कुरालाई समेत मन्त्रीको काममा दर्ज गरेर आफ्नो उपलब्धी बताएकी छन । गृहमन्त्री लामीछाने आइजीपी फेर्ने , सिडियो र प्रहरी अधिकृतहरुको सरुवा वढुवामा लागेर चुनाव खर्च उठाउने धन्धामा लागेका छन । श्रममन्त्रीका आर्थिक अपराधका घटना त लुकाएर लुकाउन नसक्ने छन । यस्तो स्थितिमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा जाने हतारो छ । भइरहेका दलहरु सरकारको कामबाट भएको असन्तुष्टीलाई थामथुम पार्नु पर्ने दायित्व अर्काे तिर नयाँ दललाई सरकारमा भित्र्याउने चटारोफेरी कुनै दलले निहुँ खोजे विभाजन गराएर साइजमा ल्याउन गर्नु पर्ने डिजाइन यी यस्तै खालका लफडामा अल्झिने अहिले सरकारको कामको परिभाषा भएको छ ।

सरकारको गृहमन्त्री आफैँ अभियुक्त भएर कठघरामा खडा भएको छ । देशमा के भइरहेका छ , जनताको जीउधनको सुरक्षालाई कसरी प्रभावकारी बनाउने भन्नेमा उनको ध्यानै छैन । गृहमन्त्री हुनु भनेको स्टन्ट वाजी गर्ने, फुर्र्ती देखाउने र पैसा कमाउने धन्धा हो भन्ने मात्र तिनको ज्ञानको क्षितिजभित्र छ । यस्तो अवस्थामा संसदमा दश स्थान भएको नेकपा एकिकृत समाजवादी महाधिवेशनको चटारोमा छ । त्यहाँभित्र सरकारबाट अलग्गिने कुराको छनक पाए पछि प्रधानमन्त्री दाहालले पार्टी नै विभाजन गराउन तयार पारेर बसेका छन । जसपा फुटेकै बेला उनले त्यस्तो संदेश दिइसकेका छन । समाजवादीका नेता माधव नेपालले त्यसबेला जसोतसो त्यो खड्गो टारे पनि नाङगो तरवार त्यस दलको शीरमा झुण्डिरहेको छ । सारा चिज लथालिङ पार्ने र नेपाललाई असफल राष्ट्रको हैसियतमा पुर्याउने डिजाइनको खलपात्रको रुपमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रयोग भैरहेका छन् । सबभन्दा पहिले आर्थिक क्षेत्र ध्वस्त पार्ने र त्यसपछि राजनीतिक सामाजिक, प्रशासनिक र सुरक्षा समेतका सम्पुर्ण क्षेत्रमा हमला गर्ने डिजाइनमा प्रम दाहालको कु्नै कुनै सम्लग्नता छ । एमाले अध्यक्ष खड्ग ओली त्यसका एउटा महत्वपुर्ण गोटी हुन् ।

बर्तमान सत्तारुढ गठबन्धनको त्यो डिजाइनप्रति प्रमुख विपक्षी दल नेपाली कांग्रेसको चाँहि के भुमिका छ, वुझ्न सकिएको छैन । कांग्रेस भ्रष्टाचारको दलदलमा फसेको सरकार र त्यसका गृहमन्त्रीको सहकारी ठगी मुद्दालाई जोडतोडले उठाए पनि अहिले मन्त्रीकै सेटिङमा प्रदेश सरकार मातहतमा भएका सहकारी भनी छानवीनको दायरामा ल्याउनै नदिने षड्यन्त्र भइरहेको छ । त्यत्रो शक्तिशाली समितिलाई त त्यहि सजिलै खेलाउन सक्ने माफिया नाइके गृहमन्त्रीबाट देशको शान्तिसुरक्षा कसरी चुस्त र व्यवस्थित हुन सक्छ । सरकारमा टिक्नलाई देशै बेच्न पनि तयार रहने प्रधानमन्त्री दाहाल र पालो कुरेर बसेका ओलीबाट राष्ट्रलाई बचाउने संख्या विपक्षी दल कांग्रससँग भए पनि कांग्रेसको बर्तमान नेतृत्व, त्यसको भुमिका र कायशैली हेर्दा उसबाट पनि अपेक्षा अनुसार काम हुनेमा शंका नै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *