रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको लामिछानेको टिप्पणी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको टिप्पणी गरेका छन् ।

रास्वपा स्थापनाको आज दुई बर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफुहरु आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई बर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् ।

उनले सामाजिक संञ्जालमा लेखेका छन् – रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उदेश्यमा अडिग छौं,गन्तव्यमा स्पष्ट छौं । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ । आम नागरिक एवं  रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले  भिरको बाटोमा सिस्नु समाउदै हिडिरहेका छौं । कयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन । बैचारिक स्पष्टतासंगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ। विश्वास गर्ने एक दुई जना मात्र हुदा त हिड्ने आँट गरियो भने आज त हामी सँग लाखौं लाख शुभेच्छुकहरु हुनु हुन्छ ।

२ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु  आज “रास्वपा खस्कदो छ” भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ। सम्झ्नुस त, देश तथा विदेशका  टोल टोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै  त्यो आवजलाई “घण्टी”मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं। २१ सांसदले एक वर्षमा सिङ्गो  सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं। 

साथीहरू,घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि  घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौ, तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस् ।  

उनले सबैलाई दोस्रो स्थापना दिवसको शुभकामना व्यक्त गरेका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *