श्री एयरलाइन्सले थप्यो ८० सिटे विमान
काठमाडौं । श्री एयरलाइन्सले डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन एन एओएम को ८० सिटे विमान थपेको छ । उक्त विमान अमेरिकाबाट क्यानडा इजिप्ट ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको हो । श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड गरेका हुन् ।
८० सिटको क्यु ४०० ८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक(कर्पोरेट) अनिल मानन्धरले जानकारी दिए । सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००।७०० तथा क्यु ४०० गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ ।