मकवानपुरमा जंगली च्याउ खाँदा मृत्यु

काठमाण्डौं । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका ७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए । मृत्यु हुनेमा बाबु ४५ बर्षीय दलबहादुर चेपाङ रहेको राक्सिराङ ७ का वडा अध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए ।

दलबहादुरलाई आज आइतबार उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष चेपाङले बताए । मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको वडाध्यक्ष चेपाङले बताए । चेपाङ समुदाय छाक टार्नकै लागि च्याउ, वन तरूल, कन्दमूल, गिठ्ठा भ्याकुरलगायत जंगलमा आश्रित खानेकुरा खाने गरेका छन् । जसकारण जंगली च्याउ खाँदा यहाँका स्थानीय हरेक वर्ष बिरामी पर्ने गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *