सुशील प्याकुरेलले गरे राजदुत पद अस्वीकार

काठमाडौँ । सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् ।

प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफुले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन् । उनले राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदुतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन् ।

उनलाई सरकारले दक्षिण कोरियाको लागि राजदुतमा सिफारिस गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *