आवश्यक परे वरिष्ठ नेताको पद सिर्जना गर्ने निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आवश्यक परे वरिष्ठ नेताको पद सिर्जना गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी सचिवालय बैठकले निर्णय गर्दै सम्मानित नेताको पद भने कायम राख्ने भएको छ । हाल सम्मानित नेतामा झलनाथ खनाल छन् । पार्टीको सचिवालय बैठकले २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।

जसमा पदाधिकारीको संख्या २१ रहनेछ । पार्टीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, एक महासचिव, चार उपमहासचिव, सात सचिव रहनेछन् । पार्टीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ । उपाध्यक्षमा एक महिला रहने निर्णय भएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *