अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट अभिनयमा डेब्यु

काठमाडौं । गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट अभिनय करिअरमा डेब्यु गरेकी छन् । उनले मण्डला नाटकघरमा छात्रवृत्तिमा एक वर्षको अभिनय कोर्स सकेकी हुन् । अभिनेता बुद्धि तामाङ लगायतले उनलाई अभिनय सिकाइरहेका थिए । मण्डलाबाट अभिनय कोर्स उत्तीर्ण गर्ने विद्यार्थीले बनाएको उक्त नाटक ‘राधा’मा पारितोषिकाको क्यारेक्टर लुक्स पनि सार्वजनिक भएको छ । नाटकमा उनले शीर्ष पात्र राधाको भूमिका निर्वाह गर्नेछिन् ।

‘एक सन्तानप्रति आमाको माया कहिले पो क्षीण हुन्छ र’ भन्ने थिममा तयार भएको यो नाटकलाई तुलसी परियारले निर्देशन र सुमित्रा बोगटीले लेखेकी हुन् । गायिका पन्तले पनि छोरीले अभिनय गर्न लागेको पहिलो नाटक थिएटरमै पुगेर हेरिदिन आग्रह गरेकी छन् । यो नाटक मण्डला ड्रामा स्कुलको दोस्रो ब्याचको उत्पादन हो । केही समयअघि मिडियासँगको कुराकानीमा पारितोषिकाले आफूलाई प्रदीप खड्कासँग फिल्म खेल्न मन लागेको बताएकी थिइन् । केही फिल्म निर्माताले आफूलाई अभिनयका लागि प्रस्ताव समेत राखेको उनले बताएकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *