आजदेखि केही दिनलाई मनसुन निष्क्रिय हुँदै जाने

काठमाडौं । आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ जनाइएको छ ।

मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने बताए । ‘आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, आज अथवा सोमबारबाट उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ’, उनले बताए । आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताए । उनका अनुसार मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस अघि केहीदिन नेपालका बिभिन्न भु-भागमा बर्षा हुदाँ बाढी पहिरो लगायत विपदले देशको अवस्था भयावह बनाएको थियो । कतिपय गाउँ-घरमा घर-गोठ लगायत सडक, पुल, बाटो पुर्णरुपमा खराब बनेका थियो । संघिय राजधानि काठमाडौँ कै कुरा गर्ने हो भने गत शुक्रबारदेखि परेको बर्षाका कारण सडक तथा घरहरुमा ठुलो क्षति भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *