आज नेपाली बजारमा सुन-चाँदीको मूल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

मंगलबार सुनको मुल्य तोलामा ९ सयले घटेर तोलाको १ लाख ४४ हजार एक सयमा कारोबार भएको छ ।  यस अघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *