एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना
काठमाण्डौं । एनसेलले नेपाली व्यवसायीहरूलाई लक्षित गरी पोस्टपेड सिम प्रयोगकर्ताका लागि ‘बिज सधैं अन’ योजना ल्याएको छ । बिहीबार कम्पनीले यो नयाँ प्याकेज योजना ल्याएको हो । कम्पनीले दुई महिनाअघि प्रिपेडका लागि ‘सधैं अन’ योजना ल्याएको थियो । कम्पनीका अनुसार उद्योग, संघ, सस्था, ठूला, साना तथा मझौला व्यवसायहरूलाई लक्षित गरिएको नयाँ प्याकेजमा भ्वाइस, डाटा र एसएमएस प्याकेज सुविधा लिन सकिनेछ । कम्पनीका प्रमुख कार्यकारी तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले मे १५ मा ल्याएको ‘सधैं अन’ प्रोडक्ट सफल भएसँगै नयाँ प्रोडक्ट ल्याएको बताए । उनले दुई महिना अघि सार्वजनिक गरेको प्रोडक्टमा १० लाख प्रयोगकर्ताले सधैं अन सेवा शुरु गरेको जानकारी दिए । योसँगै एनसेलले डाटा सकियो भने पनि मेन ब्यालेन्सबाट पैसा नकाट्ने भएको छ । बिज सधैं अनका ५ प्याकेज रहेका छन् । यसमा ३० दिनका लागि न्यूनतम ४९९ रुपैयाँ लाग्नेछ । यसमा १७ जीबी डेटा, ६०० मिनेट फोन र ६०० एसएमएस छन् । उक्त डेटाबाट लाइनगेट प्लेबाट डिजिटल कन्टेन्टहरू जस्तै फिल्म, भिडिओ निःशुल्क हेर्न सकिन्छ । त्यस्तै, स्पेसल सीयूजी सर्भिस समेत पाइनेछ । ६४९ रुपैयाँमा ३० जीबी डाटा, अनलिमिटेड कल र ६५० एसएमएस गर्न पाउन सकिन्छ । ९९९ रुपैयाँको प्याकअन्तर्गत ग्रहाकले ६० जीबी डेटा, अनलिमिटेड कल, १ हजार लोकल एसएमएस पठाउन सकिन्छ । १ हजार ५९९ रुपैयाँको प्याकेज लिने ग्राहकले ८५ जीबी र १९ सय ४९को प्याकेज लिनेले ११० जीबी डाटा, अनलिमिटेड फोन र एसएमएस प्रयोग गर्न पाउँछन् । प्रयोगकर्ताले लिएको प्लानअन्तर्गतको सेवाहरु सकिएमा ५ पैसा प्रतिएमबीमा वा १ जीबी डेटाको मात्रै ५० रुपैयाँमा बुस्टर प्याक खरिद गर्न सक्नेछन् । बुस्टर प्याकअन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा १ जीबी डेटा वा ३० मिनेट फोन सुविधा पाउनेछन् । नेपालमा एनसेलका ५ लाख बढी व्यावसायिक ग्राहक छन् ।
‘बिज सधैं अन’ प्लान
कम्पनीले उद्यमी व्यवसायीहरूका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत ४९९ देखि १,९४९ रुपैयाँसम्मका ५ वटा प्लानहरू ल्याएको छ । यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ । लायन्स गेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा नोक्सान ट्र्याक गर्दछ । ४९९ रुपैयाँको प्लानअन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन् । त्यस्तै, ६४९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन् । ९९९ रुपैयाँको प्याकअन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम १ हजार वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरुले १ हजार ५९९ र १ हजार ९ सय ४९ रुपैयाँको मासिक प्लान लिन सक्छन् । यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरू सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र ५० रुपैयाँ (बजार शुल्क भन्दा २० गुणा कम शुल्क) मा बुस्टर प्याक खरिद गर्न सक्छन् । बुस्टर प्याकअन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, ५० रुपैयाँमा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् । यसका साथै ‘बिज सधैं अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ र ९८०९००७००० मा कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १२३ह्यास डायल गरी ‘बिज सधैं अन’ प्लानमा सजिलै अपग्रेड गर्न सक्ने कम्पनीले बताएको छ । कम्पनीले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को लोकेसन, हाई स्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरू प्रदान गर्दै आएको बताएको छ । यी सेवा तथा सुविधाहरू नेपाली इन्टरप्राईज सेगमेन्टका विविध आवश्यकतालाई पूरा गर्न डिजाइन गरिएका छन् र यसले अहिलेको परिस्कृत तथा गतिशिल बजारमा भरपर्दो प्रविधि र पुर्वाधारका साथ बिजनेसलाई सशक्त बनाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।