गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंकले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २६ हजार ९९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा संस्थाले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौं लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्ने छन् ।