त्रिशूलीमा बेपत्ता यात्रुको गोताखोरबाट खोजी

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा नारायणी नदीमा बेपत्ता यात्रुको खोजी सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी तथा उद्धार सुरु गरेको हो ।

सशस्त्र प्रहरीबाट ४५ जना र विपद् ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोरसहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीबलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । दुईवटा बस बगाउँदा करिब ६० यात्रु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *