नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत असार २७ गते अपरान्ह बसेको सञ्चालक समितिको ५२६ औं बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशतको नगद लाभांश र ४ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

साथै कम्पनीले उल्लेखित नगद र बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि दिने छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् । कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४ सय २५ रुपैयाँ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *