नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयर प्रस्ताव पारित
काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक बर्ष २०७९।८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएर १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ । आव २०७९।८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ । सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताए ।
उनले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको बताए । बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढीरहेको उनले जानकारी दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कोषका सेयरधनीहरुको सेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत बोनस दिन सकेको उल्लेख छ । कोषले आगामी दिनमा कोषले योभन्दा बढी बोनस दिने प्रतिवद्धता समेत गरेको छ । कोषले साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०।८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्व ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ ।