प्रधानमन्त्री ओली बालुवाटार सरे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोटबाट सरकारी निवास बालुवाटार सरेका छन् । आज शपथ लिएर पदभार ग्रहण गरेसँगै ओली सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेको उनको सचिवालयका सदस्य रामशरण बजगाईंले जानकारी दिए ।
असार १७ गते राति नेपाली कांग्रेससँग भएको सहमतिअनुसार ओलीले अबको दुई वर्ष सरकारको नेतृत्त्व गर्नेछन् । त्यसपछि सरकारको नेतृत्त्व कांग्रेसले गर्ने छ ।