प्रतिपक्ष दलका नेताहरु प्रचण्ड, माधव र रवि छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

माओवादी संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो । कांग्रेससँग मिलेर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदैछन् । एमालेले कांग्रेससँग मिलेपछि तीनै दल सत्ताबाट बाहिरिएका छन् । कांग्रेस एमाले गठबन्धनलाई अधिकांश सबै साना दलले समर्थन गरे पनि माओवादीसहित रास्वपा र नेकपा एस विपक्षमा देखिएका छन् ।

तीन शीर्ष नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल भएको खबर आएको छ । छलफलमा माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा उपसभापति डिपी अर्याल पनि सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *