सांसद शर्माद्वारा रुकुम पश्चिम लगायतमा बाढी पहिरो प्रभावितलाई पुनर्स्थापना गर्न माग
काठमाडौँ । सांसद जनार्दन शर्माले बर्सात सुरु भएसँगै रुकुम पश्चिम लगायत देशभरको जनजीवन प्रभावित भएकाले सरकारले त्यस्ता स्थान पहिचान गरी राहत, उद्धार तथा पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले भूकम्प प्रभावित क्षेत्र आठविसकोट नगरपालिका, त्रिवेणी र बाफीकोट लगायतका स्थानीय तहका हजारौँ स्थानीय बाढी पहिरोबाट प्रभावित भएको भन्दै प्रभावित परिवारलाई उचित व्यवस्थापन गर्न माग गरेका हुन् । उनले आठविसकोट नगरपालिका–१२ मा ३ बालबालिकालाई बाढीले बगाएको, १ जनाको मृत्यु, १२ र घाइते भएको बताए बताउँदै घाइतेहरूलाई स्वास्थ्य उपचारको व्यवस्था गर्न माग समेत गरेका छन् ।
त्यस्तै सानीभेरीमा १ हजार २६ घरपरिवार जोखिममा रहेको र उनीहरूलाई पनि सार्नैपर्ने अवस्था रहेको बताए । बाफिकोट गाउँपालिकामा ३ घर विस्थापित भएको ५४ जोखिममा रहेको पनि शर्माले सदनलाई जानकारी गराए ।