बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ

काठमाडौं । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

बुधबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबीच लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन ।

नेपालको संविधानको धारा १६८ को २ अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामा प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन् । उनी कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *