कुमारी बैंकका ग्राहकका परिवारलाई बुद्ध एयरमा छुट
काठमाडौं । कुमारी बैंक र बुद्ध एयरबीच कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा,छोरी)को लागि कुमारी बैंकको डेबिट,क्रेडिट कार्ड अथवा क्युआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट,क्रेडिट,प्रिभिलेज कार्ड साथमा लानुपर्ने बैंकले बताएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।