कोसीमा माओवादीका मन्त्रीले दिए राजीनामा

नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले कोसी प्रदेशमा राजीनामा दिएका छन् । शुक्रबार अपराह्न उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।‌ माओवादीले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने भएको छ । तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ, संसदीय दलका नेता इन्द्र आङ्बोले भने ।

नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री थिए । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री थिइन् । केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेसँगै कोसीमा माओवादी सरकार छाड्नुपर्ने दबाबमा थियो । कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार छ ।‌

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *