ग्वार्कोको गेष्ट हाउसमा युवतीको मृत्यु
काठमाडौं । ललितपुर महानगरपालिका ७ ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा शुक्रबार विहान अचेत अवस्थामा फेला परेकी युवतीको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । युवती गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउस पुगेकी थिइन् ।
बिहान युवती बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनो मृत्यु भएक हो । युवतीसँगै रहेका युवकलाई पनि श्वास प्रश्वासमा समस्या आएपछि अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।