अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा,ओबामाको समर्थन
काठमाडौँ । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । ह्यारिसले सामाजिक सञ्जाल एक्समार्फत आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा विजयी हुने विश्वासका साथ आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् । उनले लेखेकी छिन्– ‘आज मैले आधिकारिक रुपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेँ।
उनले आफू हरेक भोटका लागि कडा मेहनत गर्ने बताएकी छिन् । यसैबीच, कमला ह्यारिस डेमोक्र्याटिक उम्मेदवार बन्ने पक्का भएपछि पूर्वराष्ट्रपति बाराक ओबामाले शुक्रबार मात्र समर्थन गरेका छन् । ओबामाले ह्यारिसले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा जित हासिल गर्ने विश्वास व्यक्त गर्दै आफू र श्रीमती मिचेल ओबामाले पूर्ण सहयोग गर्ने बताएका छन् । ह्यारिसलाई धेरै डेमोक्रेटिक नेताहरूले पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरिसकेका छन् ।