लगातारको वृद्धिमा ब्रेक लाग्दै सोमबार नेप्से २०.४६ अंकले घट्यो

काठमाडौं । सोमबार नेप्से सूचक २०.४६ अंकले घटेको छ।

नयाँ सरकार परिवर्तन र मौद्रिक नीतिपछि एकाएक ६ सय अंकमाथिले बढेको शेयर बजारमा सोमबार नेप्से सूचक ०.७६ प्रतिशतले घट्दै २६६१.०९ विन्दुमा पुगेको हो।

सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ। सबैभन्दा बढी शिवम् सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सोमबार दोस्रो र तेस्रोमा कुमारी बैंकको ५५ करोड २२ लाख ७६ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सोमबार ७० कम्पनीको शेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घट्न पुगेको छ। बाँकी ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

१३ वटा उपसूचकमध्ये सोमबार फाइनान्स समूहको उपसूचक १.८८ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक ०.८१ प्रतिशतले बढेको छ भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन्। सबैभन्दा बढी सोमबार ट्रेडिङ समूहको उपसूचक ४.५४ प्रतिशतले ऋणात्मक हुन पुगेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *