सुनको मूल्य हालससम्मकै उच्च,नयाँ रेकर्ड कायम

काठमाडौं । हिजो आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेर डेढ लाख पुगेको हो । आजको मुल्य बृद्धि सँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

आज सुन प्रतितोला १ लाख ५० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालससम्मकै उच्च हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य आज स्थिर नै रहेको छ । चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *