बालकुमारी सहकारीद्वारा रजत महोत्सवको लोगो लोकार्पण
भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस तथा रजत महोत्सव २०८१ को लोगो एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरेको छ । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले लोगो लोकार्पण गर्दै रजत महोत्सवको अवसरमा साताव्यापी कार्यक्रमका आयोजना गर्ने जानकारी दिए । संस्थाले आगामी भाद्र २७ गतेदेखि असोज २ गतेसम्म विभिन्न कार्यक्रम गरी २५ औं स्थापना दिवस मनाउने उनले बताए । त्यस अवधिमा संस्थाले वित्तीय साक्षरता तथा सदस्यता वृद्धि कार्यक्रम,भक्तपुर जिल्ला व्यापी चित्रकला कार्यक्रम,खुल्ला रक्तदान कार्यक्रम, वृद्धाआश्रम तथा मानवविद्या गृहमा भोजन दान तथा भौतिक सामाग्री हस्तान्तरण,सरसफाई,प्रभातफेरी तथा रजत महोत्सव समारोह गर्ने भएको छ । त्यसैगरी बालकुमारी रजत स्मारिका प्रकाशन,चाँदीको सिक्का निकाल्ने, संस्थापकहरुलाई सम्मान तथा पूर्व सञ्चालक र संस्थामा योगदान गरेकाहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।
२०५७ साल असोज २ गते २८ जना सदस्य र ७ लाख पुँजीबाट सुरु भएको संस्था समुदायमा आधरित रहेको वित्तीय कारोबार गर्दै आएको यस संस्थाले गत असार मसान्तसम्म संस्थाको शेयर पुँजी १३ करोड ७० लाख ९७ हजार, बचत संकलन १ अर्ब ७८ करोढ ५८ लाख,ऋण लगानी १ अर्ब ३६ करोड ७६ लाख,जगेडा तथा अन्य कोष ८ करोड ३९ लाख ८८ हजार,र तरलता ६१ करोड ४८ लाख रहेको छ । त्यस अवधिमा संस्थाको कुल कारोबार २ अर्ब १३ करोड ८८ लाख पुगको व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए । संस्थाले स्थापनाकालदेखि नै बचत ऋणको। माध्यमबाट सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समुदाय केन्द्रीत भएर कारोबार गर्दै आएको उनले बताए ।
सदस्यहरुको लागि सहकारी शिक्षा,वित्तीय साक्षरता,उद्यमशीलता विकास,नेतृत्व विकास,व्यवसायिक तथा अभिमुखीकरण, हाजिरी जवाफ,वक्तृत्वकला,निवन्ध तथा नृत्य प्रतियोगिता जस्ता थुप्रै क्रियाकलाप गर्दै आइरहेको छ । आफ्नै भवनबाट सेवा प्रदान गरी सदस्यहरुको जीवनस्तर उकास्नको लागि नीति,विधि र प्रविधिमा रहेर सहकारी मूल्य , मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै संस्था अगाडि बढेको छ । त्यसका साथै सहकारी ऐन, नियमका साथै नियमावलीको समेत पूर्ण पालना गर्दै सदस्यको बचतको सुरक्षाको प्रत्याभूति दिने गरी संस्थाले काम गरेको व्यवस्थापक श्रेष्ठले बताए । समुदायको पहिलो रोजाईको संस्था बनाउन आफुहरु लागि परेको र ४ बर्षे रणनीतिक योजना निर्माण गरी सदस्यहरुलाई थप सेवा तथा प्रतिफल प्रदान गर्ने लक्ष्यका साथ संस्था अगाडि बढेको उनको भनाई छ । समुदायमा पुन्याएको उत्कृष्ट सेवाको कदर गर्दै सरकारी तथा गैर सरकारी संघ÷संस्थाहरुबाट संस्था सम्मानित भएको छ ।