सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सबै उपायहरू अवलम्बन गर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्युनिकरण गर्नका लागि सबै उपायहरु अवलम्बन गर्ने बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलवार सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटना न्युनिकरण गर्नका लागि सरकारले सबै उपायहरु अवलम्वन गर्ने बताएका हुन् ।

उनले सडक दुर्घटनाहरु निरन्तर भइरहेका भन्दै यस्ता दुर्घटनाहरु न्युनिकरण गर्न आवश्यक भएको बताए । उनले दुर्घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक भएको भन्दै यसको निम्ति सरकारले सबै उपायहरु अवलम्बन गर्ने स्पष्ट पारे । उनले सिमलताल दुर्घटना सम्बन्धी प्रतिवेदन अध्ययन गरेर प्रतिवेदनमा उल्लेख भएका सबै सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने– ‘यस्ता किसिमका दुर्घटनाहरु न्युनिकरण गर्न आवश्यक छ । यस्ता किसिमका दुर्घटनाहरु अब नहुन भन्ने कुराको सुनिश्चितता गर्न आवश्यक छ । त्यसका लागि सरकारले सबै उपायहरु अवलम्वन गर्नेछ । यो प्रतिवेदनलाई पनि अध्ययन गरेर, यसमा धेरैको सरोकार देखिन्छ । एउटा मात्रै निकायको सरोकार छैन । सडक विभागको सरोकार छ । स्थानीय तहको सरोकार छ । प्रहरीको सरोकार छ । अरु पनि तमाम निकायहरुको सरोकार भएको हुनाले यो प्रतिवेदनमा उल्लेख भएका जतिपनि सुझावहरु छन् । ति सुझावहरु सम्बन्धित निकायलाई पठाइनेछन् । र त्यसको कार्यान्वयन गराइनेछ । यो मन्त्रालयले गर्नुपर्ने यि प्रतिवेदनमा प्रश्तुत सुझावहरुलाई कार्यान्वयन गरिनेछ । म यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । यो हामी सबैको साझा चासो र चिन्ताको विषय भएको हुनाले यो विषयलाई गम्भीरतापूर्वक लिएर अबका दिनहरुमा यस्ता सडक दुर्घटनाहरुलाई न्युनिकरण गर्नका लागि हामीले अपनाउनुपर्ने सबै उपायहरु अपनाउनेछौँ । सबैको सहयोग र सरोकार आवश्यक छ । यो प्रतिवेदनमा प्रस्तुत भएका सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *