मुकुल ढकालले बुझाए प्रधानमन्त्रीलाई भेटेर १५ बुँदे सुझाव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् ।
सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर सुशासनका पक्षमा प्रभावकारी काम गर्न माग गर्दै १५ बुँदे सुझाव दिएका हुन् । डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन् । त्यस्तै अस्पतालसम्म पुग्ने कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशिलताको विकास, सार्वजनिक खरिद ऐनमा सुधार, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार, नेपाललाई आइटी हब बनाउनेसहित माग गरेका छन् ।
उनले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए । त्यही प्रतिवेदनको अंश पार्टीलाई नबुझाए मिडियामा चुहाएको भन्दै उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको थियो।
डा. मुकुल ढकालको १५ बुँदे सुझाव