युनिलिभर नेपालको नाफा २ अर्ब
काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासमा खुद नाफा ७.६२ प्रतिशत बढेर १ अर्ब ९७ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आम्दानी नाफा बढेको भएपनि प्रिमियम वर्गको उपभोगमा आएको सुस्तता र वितरकहरूले खेप्ुन परेको तरलता संकट जस्ता कारण कार्यसम्पादन प्रभावित भएको कम्पनीले जनाएको छ । कम्पनीले ८ अर्ब ४८ करोड ६ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । गत असारसम्म कम्पनीको बिक्री आम्दानी ८ अर्ब २३ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको बिक्री आम्दानी ८ अर्ब ४८ करोड ४ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष १९ करोड ३६ लाख रुपैयाँ रहेको कम्पनीको अन्य आम्दानी गत असारसम्म बढेर २४ करोड ७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ६ अर्ब ६ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल खर्च ६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ थियो । जसमा वित्तीय लागत ३ करोड ४२ लाख रुपैयाँ, कर्मचारी खर्च ६३ करोड १४ लाख रुपैयाँ, कस्ट अफ मेट्रियलको ३ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ५५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.०७ गुणा रहेको छ ।