चलचित्र निर्देशक दिनेश पौडेललाई पुत्र शोक

काठमाडौँ । उमेर एकाईस बाईस बर्ष हुँदा नहुदै नेपाली चलचित्र क्षेत्रमा त्यो पनि फिल्म निर्देशनमा होमिएका काठमाडौ कोटेश्वर निवासी दिनेश पौडेलको थाप्लोमा ठुलो बज्रपात बजृएको छ ।

२६ बर्ष उमेरको लक्का जवान छोरो विवेकलाई गुमाउनु पर्दा निर्देशक पौडेलको जीवनमा महा कम्पन आएको छ । छोरा विवेकलाई नयाँ नेपाली फ्लिममा डेब्यु गराउने योजना बमोजिम सिक्किमका नेपाली मुलका  फ्लिम निर्मातासंग छलफल गर्न  सिक्किम गएको थिए । यता नेपालमा भने श्रावण २४ गते छोरो विवेक २ जना साथीहरु बोकेर सुन्दरीजल, धापड्याम स्थिति नागमती खोलामा हानिएछ्न पौडी खेल्न । 

तर दुर्भाग्य विवेकलाई पौडी खेल्दाखेल्दै खोलाले बगाएर बेपत्ता पार्यो । श्रावण २५ शुक्रबार छोराको लास भेटियो । खबर पाउने बितिक्कै सिक्किमबाट पौडेल फर्किएर अहिले एउटै मात्र लक्का जवान छोराको किरिया गर्न कोरामा छ्न । दु:खान्त फ्लिमको क्लाईमेक्सको कहानी जस्तो बनेर निर्देशक पौडेलको जीवनमा दशा आईपरेको छ । झन्डै ८-१० वटा नेपाली चलचित्र निर्देशन गरिसकेका छन पौडेलले । छोरालाई नायकमा डेब्यु गराएर नयाँ फ्लिम बनाउने योजना सबै भताभुङ्ग भएका छन । यस्तो विपतको महाघडीमा पनि निर्देशक पौडेललाई नत निर्देशक समाजले, नत निर्माता संघले नत कलाकार संघले एक शब्द खर्चिने कष्ट गरेका छैनन् ।

कोहीपनी नेपाली चलचित्र जगतका ब्यक्तिहरु पौडेललाई परेको दु:खमा सान्त्वना दिन नआएको देख्दा अचम्म मान्नुपर्ने भएको छ । पौडेलले ‘गद्धार’, ‘शंकरदादा’, ‘दि मस्ट वान्टेड’, ‘जस्ट फर यु’, ‘कम्पन’, ‘कसुर’, ‘रे’ जस्ता हिट नेपाली फ्लिम निर्देशन गरिसकेका छन । नेपाली कलाकर्मीहरुको मन के पत्थर कै छ कि क्या हो ? नत्र साथी या सहयात्रीलाई यत्रो दर्दनाक दु:ख आईपर्दा थाहा नपाए झै किन गरिरहेका छन ?

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *