‘महिन्द्रा युभो टेक प्लस’ ट्याक्टर नेपालमा
काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारिक बिके्रता अग्नी ग्रुपले नयाँ प्रविधिको महिन्द्राको युभो टेक प्लस ट्याक्टर नेपालमा सार्वजनिक गरेको छ । कृषि क्षेत्रमा उपयोग हुने यस्ता ट्याक्टरको विराटनगर, दमक, जनकपुर, विरगंज, चितवन र नेपालगन्जमा रहेका ६ वटा अग्नी शाखा र डिलरबाट एक साथ बिक्री सुरु भएको कम्पनीले जनाएको छ । युभो टेक प्लस ट्याक्टरहरूका १२ वटा स्पिड रेन्ज अप्सन र ३ वटा रिभर्ससहितको गियरबक्स उपलब्ध छ । यसका रहेको गियरलाई माटोको प्रकार र खेती अनुसार गियर र गति चयन गरेर चलाउन सकिन्छ ।
खेतीमा काम गर्ने भएर पनि आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । युभो टेक प्लस सिरिजको उद्घघाटन समारोहमा बोल्दै एफइएसका अन्तर्राष्ट्रिय अपरेसन प्रमुख केदार आप्टेले भने, ‘खेती र जीवनलाई समृद्ध बनाउने हाम्रो उद्देश्य अनुरूप नेपालको कृषि आवश्यकताहरूलाई रूपान्तरण गर्न हामी प्रतिबद्ध छौं, यी ट्याक्टरमा नयाँ उन्नत इन्जिन, गियरबक्स र हाइड्रोलिक प्रविधि छ त्यसैले उत्कृष्ट उत्पादनशीलता, आराम र आम्दानी प्रदान गर्ने हाम्रो लक्ष्य हो । ‘परिवर्तित समयसँगै नेपालको किसानहरू विकसित हुँदैछन् र कृषि उत्पादकत्व र त्यसैले आम्दानी बढाउनको लागि सबैभन्दा अगाडि टेक्नोलोजीको साथ उच्चस्तरको सशक्तिकरण खोजिरहेको अवस्थामा हामीले युभो टेक प्लस ट्याक्टर ल्याएका छौं । यसको लाभ उपभोक्ताले पाउने छन्, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले बताउनु भयो ।