युक्रेनले रसियाको कुर्स्क क्षेत्रको युद्धमा आशिक सफलता पाउदै

काठमाडौ । करिब एक हजार युक्रेनी सेनाहरू रूसको कुर्स्क क्षेत्रको झण्डै २० किलोमीटरसम्म अघि बढेर निरन्तर आक्रमण गरेको घटनाले रुसी सेनालाई चकित पारेको छ ।

युक्रेनी सेनाको आक्रमणले कम्तिमा दुईवटा रुसी रक्षात्मक लाइनहरू र कुर्स्क क्षेत्रमा एउटा सामरिक किल्ला तोडीदिएको छ । तर रुसको क्रेमलिनबाट दिएका सूचनाले भने खण्ड गरेको छ । रुसले एकातिर घटनाक्रमलाई महत्त्वपूर्ण रूपमा प्रस्तुत गर्न खोज्दै र एकै समयमा स्थिति नियन्त्रणमा रहेको कुरामा जोड खोजिरहेको छ । रुसी सेनाले कुर्स्क क्षेत्रको रुसी सीमानामा क्षति हुन नदिन बिगत तीन दिनदेखि युक्रेनी सेनासँग लडिरहेको छ । करिब एक हजार युक्रेनी सेनाले गत मंगलबारको बिहानीको समयमा ट्याङ्क र सशस्त्र सवारी साधनहरू, ड्रोन र आर्टिलरीद्वारा आक्रमण गरिरहेको छ ।

‘इन्स्टिच्युट फर द स्टडी अफ वार’का थिंकट्याङ्कका अनुसार, जियोलोकेटेड फुटेजले रुसी भूभागमा ३० माइल सम्मको रुसी क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको पुष्टि गरेको छ । एक रूसी स्रोतलाई उद्धृत गर्दै भनेको छ ‘युक्रेनी सेनाले मात्र ४५-५० वर्ग किलोमिटर जमिन कब्जा गरेको दाबी गरेको छ । र अन्य रूसी स्रोतहरूले रिपोर्ट गरेका छन कि युक्रेनी सेनाले रसीयाका करिब ११-१२ वटा गाउँ र बस्ती कब्जा गरेको छ । धेरै कुराको अवस्था अझै अस्पष्ट छन ।

२०२२ को फेब्रुअरी महिनादेखि युद्धको दुई वर्षहरूमा रूसी क्षेत्रमा सीमित आक्रमण बाहेक यती ठूलो क्षति रसीयाले भोग्नु परेको थिएन । कुर्स्क क्षेत्रमा भएको क्षतिले रसीया धेरै नै झस्केको छ । यस पटक यस्तो देखिन्छ कि योजनाबद्ध रूपमा युक्रेनी सेनाहरू रसिया विरुद्ध संगठित र योजनाबद्ध ढंगले आक्रमण गरिरहेको छ । यसपटक युक्रेनी सेना अमेरिका निर्देशित नेटो राष्ट्रले गरेको ठूलो मात्राको हतियारजन्य सामाग्रीका आपूर्तिले गर्दा हौसिएको छ । क्रेमलिन र अन्य रूसी अधिकारीहरूले खुलासा गरेका छन कि पछिल्लो अवस्थाको बारेमा उनीहरूको प्रतिक्रिया नै विरोधाभासी जस्ता छन् । यसलाई ठूलो स्तरको उत्तेजना भनेका छन् र स्थिति नियन्त्रणमा रहेको दाबी पनि गरिरहेका छन । तर रुसी सेनामा भएको क्षतिलाई नकार्न सकिरहेका छैन्न । रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाहरू केवल तोडफोड र जासूसी समूह मात्रै थिए भन्ने दाबी गरेको छ ।

गत बिहीबार, रुसी ‘एमओडीुले दावी गर्‍यो कि उसको सेनाले कुर्स्क क्षेत्रमा युक्रेनी सेनालाई रोक्न सफल छौ भनेर दाबी गरिरहेको छ । यसको विपरित, युक्रेनी अधिकारीहरू र टिप्पणीकारहरू रसियाले झूटा दावीहरू पेश गरिरहेको भनिरहेको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार रातिको भिडियो सम्बोधनमा कीभका सैनिकहरूलाई रुसी सेनालाई दबाउन र कमजोर बनाउन आग्रह गरे । यद्यपि, राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले बिहीबार (एक्स) को एक पोष्टमा “कुर्स्क जस्ता (रूसको) आफ्नै क्षेत्रहरू भित्र सहित कुनै पनि वृद्धि, गोलाबारी, सैन्य कारबाही, जबरजस्ती निकासी, र सामान्य जीवन शैलीको विनाशको मूल कारण हुन भनेका छन ।

कुर्स्कमा युक्रेनी अपरेशन कति महत्त्वपूर्ण छ र ?

‘रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट’ थिंकट्याङ्कका सैन्य विज्ञान निर्देशक म्याथ्यू सेभिलले अहिलेको विकासशील अवस्था, त्यसैले हामी ठूलो भविष्यवाणीहरूबाट सावधान रहनुपर्छ ।

प्रवेश १० किलोमिटरदेखि २० किलोमिटरसम्मको देखिन्छ र यसमा हजारौं सेना संलग्न हुन सक्छ, उनले भने, तर अवस्था धेरै भ्रामक छ र सावधानी आवश्यक छ भने । कुर्स्कलाई गम्भीरताका साथ लिने वा रुसी क्षेत्रको विशाल क्षेत्रलाई कब्जा गर्ने प्रयास जारी रहन्छ ।

एजेन्सीको सहयोगमा

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *