रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्नुस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्न आग्रह गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै जो जतिसुुकै शक्तिशाली भएपनि सहकारी ठगलाई छानविन गर्नेपर्ने बताए । उनले बर्तमान गृहमन्त्री रमेश लेखकलाई सत्ता बाहिर रहँदाको कुरालाई स्मरण गराउँदै भने ‘माघ २२ गते पीडितहरुले जाहेरी दिन गए । प्रहरीले लियो पनि । पुरानै जाहेरी भएकाले पूरक भनिदियो । पछि गृहमन्त्री भएपछि जाहेरिनै होइन भन्नुभयो । त्यसकारण रमेश लेखकले यो प्रमाण हो भन्नुभएको थियो । अहिले उहाँ सरकारतिर पुग्नुभएको छ । सरकार फेरियो कुरा फेरिन्छ ? फेरिन्न। यो सदनमा हामी पनि छौं ।’

उनले सत्ता बाहिर वा भित्र जता भएपनि दोषि उपर कारबाहि हुनुपर्ने माग राखे । ‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौं, यतापटी कुर्सी (सत्तापक्ष) मा बस्दा पनि त्यही बिषय उठाउने छौं, गिरीबन्धु टिस्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, विद्युतको महसुलको बिषयमा पनि सरकारले स्पष्ट पार्नुपर्छ उनले भने । भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेश अनुसार गिरिबन्धुको मुद्दा टुंग्याउने पर्ने र बिद्युत महशुल बक्यौंता कानुन अनुसार असुल गर्नुपर्ने समेत जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *